Need Help ?
Call: +977- 024460105

नागरिक बडापत्र

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकता समेत गर्ने यस कार्यालयको जिम्मेवारी तोकिएको थियो । आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाद्वारा सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न तथा क्षेत्रीय शिक्षा निर्देशनालयबाट समेत प्राप्त भएका निर्देशनहरुलाई समेत कार्यान्वयन गर्ने कार्य जिल्ला शिक्षा कार्यालयको रहेको छ ।  

नागरिक बडापत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस